१२ बैशाख २०८१, बुधबार
Follow Us

५ हजार ८ कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७७, शनिबार १२:०७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२२९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

३० हजार बढी सक्रिय संक्रमित
शनिबार १२ सय २९ जना कोरोना मुक्त भएका छन् । आज १२ सय २९ जना कोरोना मुक्त भएसंगै देशभरबाट ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमित ३० हजार ८ सय १८ जना रहेका छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा र होम आइसोलेशनमा जना बसेका छन् । यस्तै कुल कोरोना संक्रमित मध्य ७०.२ प्रतिशत कोरोना मुक्त भएका छन् ।

काठमाडौंमा थपिए २६७२ नयाँ संक्रमित
काठमाडौं उपत्यकामा शनिबार २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना थपिएका छन् । काठमाडौंमा एक सातामै १० हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

पछिल्लो २४ घण्टामा देशकै घानी बस्ती भएको काठमाडौँ उपत्यकामा आज २६ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयको अनुसार आज काठमाडौँमा २१ सय जना , भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै हाल क्वारेन्टिनमा ४ हजार ६ सय ८६ जना रहेका छन् ।