१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूके र संघसँस्थाबीच अन्तरक्रिया: पारदर्शीताको ज्ञारेण्टी गरिन्छ: अध्यक्ष गुरुङ्ग

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७७, शनिबार २३:४३

लन्डन । कोरोना कहरका बीच गैरआवासीय नेपाली संघ युकेले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संघको संघसंस्था समन्वय समितिको आयोजनामा बिहीबार वेलायतस्थित करिब तीन दर्जन संघसँस्थाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेले विगत एक वर्षमा गरेका कामको फेरहिस्ता प्रस्तुत गरिएको संघका महासचिव फडिन्द्र भट्टराईले जनाए ।

कार्यक्रममा महासचिव फडिन्द्र भट्टराईले कार्यभार सम्हाले देखि हालसम्म वर्ष दिनमा संघले गरेका कामबारे ‘स्लाइड शो’ माध्यमबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघ संस्था समन्वय विभाग प्रमुख श्रीमति रोजिना प्रधान राईको अध्यक्षतामा ‘भर्चुअल’ माध्यमबाट आयोजित उक्त अन्तरक्रियामा ३१ संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।

छलफलमा तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, क्षेत्री समाज यूके अध्यक्ष यज्ञ क्षेत्री, साझा नेपाली समाज मिडल्याण्ड अध्यक्ष महेश अधिकारी, किरांत राई यायोख्खा अध्यक्ष कल्पना राई, क्याट यूके अध्यक्ष जीबन सेन, मगर संघ यूकेकी बरिष्ठ उपाध्यक्ष सीता पुन, आदिवासी महिला महासंघकी अध्यक्ष सरला नेपाल, रेडिङ नेपाली समाजका वरिष्ठ उपाध्यक्ष यादव श्रेष्ठ, भिमसेन खड्का, प्रकाश राउत, महेन्द्र केसी, पशुपति पोख्रेल, नारायण फुयांल लगायतले आआफ्नो भनाई राखेका थिए ।

अन्तरक्रियामा आइसीसी सदस्य रामशरण सिम्खडा, मानार्थ परिषद सदस्यद्वय रणबहादुर केसी तथा चिरन शर्माले आआफ्नो धारणासहित एनआरएनलाई सबैको अपनत्व हुने गरी विकास गर्नु अहिलेको आवश्यकता रहेको औंल्याएका थिए ।

छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष पुनम गुरुङले संस्थाको पारदर्शीता र जवाफदेहीताको ज्ञारेण्टी गर्ने वचनवद्धता जाहेर गरिन् ।
संघकी अध्यक्ष पुनम गुरुङको आतिथ्य र कार्यक्रम समितिका सदस्य सचिव विष्णु चालिसेले सञ्चालन गरेका थिए ।