१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो छ एनआरएन विश्वज्ञान सम्मेलनको आजको आकर्षण

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७७, आईतवार ०३:२२

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारदेखि भइरहेको दोस्रो विश्वज्ञान सम्मेलन आज बेलुकी घोषणापत्र जारी गर्दै सकिने भएको छ । सम्मेलनको आज तेस्रो दिन आकर्षक कार्यपत्र प्रस्तुती हुनेछन् ।
इन्टरनेशन लेभर माइग्रेसन र कोभिड १९ इम्प्याक्ट नेपाल विशेष आकर्षणको केन्द्रको रुपमा रहेको छ । कोभिडले वैदेशिक रोजगारीमा प्रभावित पारेपछि अबको नेपालको श्रम नीति कस्तो हुने भन्ने विषयमा गहन छलफल हुने संघले जनाएको छ ।

त्यस्तै फाइनान्सियल इन्भेष्टमेन्ट, सोसल साइन्स, इन्फरमेसन टेक्नोलोजी, इकोनोमी ट्रान्सफरमेन्स, कोभिड १९ इकोनोमी रिकभरील, ईडाटा बैंक, कम्युनिकेसन टेक्नोलोजीगायतका विषयमा गहन छलफल हुने छ ।

आजको सेसनमा जापानको ओसेदा युनिभर्सिटी, अक्सफोर्ड युनिसिर्टी, युनिभर्सिटी न्यू साउद ओयल्सका प्रोफेसरहरु सहभागी हुने छन् । अक्सफोर्ड युनिभसिर्टी युकेका प्रोफेसर डेभिड ग्लान, जर्मनीको प्रोफेसर, जापानको शिवा युनिभर्सिटी, युनिभर्सिटी अफ स्कटल्याण्ड, क्यालिफोर्निया स्टेट युनिभसिर्टी, युनिभर्सिटी अफ लुजियाना, युनिभर्सिटी अफ ओटाका न्यूजिल्याण्ड, स्टिच्युट अफ प्लानरर्स क्यानडाका प्रोफेसर पनि सहभागी हुने छन् । त्यस्तै अन्तरास्ट्रीय श्रम संगठन (आइएलओ) तथा विश्व बैंकका प्रतिनिधि सहभागी हुने छन् ।

आजका सेसनमा जीवा लामिछाने, एकनाथ खतिवडा, स्वर्णीम वाग्ले, आईएमई ग्रुपका हेमराज ढकाल, अष्ट ज अभियान, नर्वेको एचडर युनिभर्सिटी, अष्ट्रेलिया, भारत, क्यालिफोर्निया युनिभसिर्टी, साउथ कोरिया युनिभसिर्टी, स्वीट्जरल्यान्ड युनिभसिर्टीका प्र्रोफेसरलगायतका सहभागी हुने छन् ।