October 25, 2020
2:12 AM | 7:57 AM

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि स्विटेकलाई

  11/10/2020 मा प्रकाशित

पेरिस । पोल्याण्डकी इगा स्विटेकले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । पेरिसमा गएराति भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।

पहिलो पटक फ्रेन्च ओपन जित्ने क्रममा स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ को सेटमा जित निकालिन । १९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी उनले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् ।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् । पुरुषतर्फको उपाधिका लागि १३ पटकको च्याम्पियन राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने छन् ।

प्रतिक्रिया