१३ बैशाख २०८१, बिहीबार
Follow Us

राप्रपाको केन्द्रीय समिति विस्तार

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार ०९:३५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्‍याएको छ ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो ।

“असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ”, विज्ञप्तिमा भनिएको छ । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।