७ बैशाख २०८१, शुक्रबार
Follow Us

बस्नेतको ‘सिन्धुली गढी’ बजारमा (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार १२:४८

काठमाडौं । पछिल्लो समय लोक दोहोरीको उर्लँदो बाढीमा शन्ति बस्नेत –बलराम)को ‘सिन्धुली गढी’ नामक ठेट काँठे भाकामा नयाँ लोक दोहारी गीत भर्खरै बजारमा आएको छ ।

गीत झर्रो शब्दले सिंगारिएको छ । धेरै समयपछि सिन्धुली गढीको सम्झना दिने गरी ‘सिन्धुली गढी’ नामक नयाँ लोक दोहोरी गीत बजारमा आएको हो । ‘सिन्धुली गढी’ गीतका शब्दले ठाउँविशेषलाई झल्काउँछ । यो गीत सुन्दा ठ्याक्कै त्यहीं ठाउँमा पुगेको महसुस हुन्छ । गीतका शब्द चयन, भाका र गायनशैली त्यतिकै मर्मस्पसी छन् ।

यो गीत सिन्धुलीको दूर्गम गाउँ बालाजोरमा जन्मिएका शन्ति बस्नेत (बलराम) ले लेखेका हुन् । उनले योलगायत उनले पाँचवटा गीत लेखिसकेका छन् । बजारमा आएको भने ‘सिन्धुली गढी’ पहिलो हो । पहिलो गीत नै दर्शक, स्रोताको मन जित्न सफल भएपछि बस्नेत उदीयमान गीतकारका रुपमा देखिएका छन् ।

यस गीतमा अनिल विरही घिमिरेले संगीत दिएका छन् भने काजिस श्रेष्ठको निर्देशन रहेको छ । त्यसैगरी मेलिना राई र रामकुमार नेपालीले स्वर दिएका छन् । भिडियोमा चर्चित मोडल अञ्जली अधिकार र काजिस श्रेष्ठको अभिनय रहेको छ । रेकर्डिङ सूरसंगीत स्टुडियोले गरेको हो भने बजार व्यवस्थापन भावना म्युजिक प्रा.लिले गरेको छ ।

बस्नेत फरक पेशबाट आएका भएपनि उनले गीतमा कुशल गीतकारको झल्को दिएका छन् । बस्नेतले कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको सदुपयोग गर्दै गीत लेखेका हुन् । गीतमा शब्द चयन गर्दा ठाउँविशेष टिपिकल नामले मिठास भर्ने काम गरेको पाइन्छ । उनीको रामकृष्ण ढकालको स्वरमा सजिएको ‘सुन्दर नेपाल’ नामक स्वदेश गान छिट्टै आउँदै छ ।

एक टुक्का:
केटा : घर त मेरो ए’कान्छी सिन्धुली‘.,
एक नजरमा भैगयो खुल्दुली ‘..सम्झीसम्झी एक्लै म रुँदा.,
कमला नदी सँगसँगै तरौंला भोलि बिहान उज्यालो हुँदा ।
केटी: घरत मेरो धरान बजार‘..,
पहिलो भेटमै जुध्यो नि नजर,
सम्झी–सम्झी एक्लै म रुँदा,
कमला नदी सँगसँगै तरौला भोलि बिहान उज्यालो हुँदा ।