४ बैशाख २०८१, मंगलवार
Follow Us

यो वर्ष दशैँमा नयाँ नोट वितरण नहुने

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७७, आईतवार १२:४९

काठमाडौ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ । बैकले आज एक विज्ञप्ती प्रकाशित गर्दै कोरोना भाइरसको जोखिम बढ्दै गइरेकाले लाइन लगाएर नयाँ नोट वितरण गर्न नसकिने जनाएको हो ।

सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुमा पनि कोरोना देखिइरहेकाले बैंकका शाखा मार्फत पनि नयाँ नोट वितरण गर्न नसकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । चाडपर्वका बेला बजारमा नोटको अभाव भने हुन नदिने बैंकले स्पष्ट पारेको छ । पछिल्लो समय बैंकका कर्मचारीहरु पनि संक्रमित बढदै गएको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

विगतक वर्षहरुमा राष्ट्र बैंकले सेवाग्राहीलाई दशैँको अवसरमा लाइन लगाएर ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्दै आएको थियो । दशैँका बेला राष्ट्र बैंकले चालिस अर्बसम्मका नोट बजारमा पठाउने गरेको थियो ।