१५ चैत्र २०८०, बिहीबार
Follow Us

विद्युत प्राधिकरणका तीन जना संचालक बर्खास्त

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०९:५६

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको संस्थागत सुदृढिकरणमा अवरोध पु-याएको भन्दै तीन जना सञ्चालकलाई बर्खास्त गरेको छ । ऊर्जा मन्त्रालयले आज नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेको हो । प्राधिकरण सुधारका लागि उर्जा मन्त्रालय र प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको काममा अवरोध गरेपछि मन्त्रालयले तीनैजना सञ्चालकसँग सात दिनको समय दिएर स्पष्टिकरण सोधेको थियो । उनीहरुले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि मन्त्रालयले उनीहरुलाई हटाउने निर्णय गरेको हो । उनीहरुले गत मंसिर १० गते प्राधिकरण बोर्ड बैठकमा विद्युत ब्यापार कम्पनी खोल्ने र नयाँ परियोजना कम्पनी मोडलमा बनाउने प्रस्ताव पारित गर्न अवरोध गरेका थिए । प्रस्तावमा हस्ताक्षर नगरि बाहिरिएका तीनैजनाले प्रबन्ध निर्देशक घिसिङविरुद्ध प्रचार समेत गरेका थिए । लगत्तै उर्जा मन्त्रालयले स्पष्टिकरणका लागि पत्राचार गरेपनि उनीहरुले चिठ्ठी बुझेका थिएनन् । पत्रिकामा सूचना प्रकाशित भएपछि उनीहरुले पत्र बुझेका थिए ।