७ बैशाख २०८१, शुक्रबार
Follow Us

अनलाइन भोटिङ्गको विकल्प छैन् – शेष घले, एनआरएनए प्रमुख संरक्षक

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७७, सोमबार ०२:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको नेतृत्व चयन अनलाइन मतदानबाट हुनु पर्ने विचार व्यक्त गरेका छन् ।

संघका प्रमुख संरक्षक समेत रहेका घलेले आइतवार संघद्धारा आयोजित ‘एनआरएन डे’ को विषेश कार्यक्रमलाई सम्वोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

घलेले कोरोना महामारीकाबीच संघको नेतृत्व चयनको सम्भवना नभएको बताउदै अहिले अनलाइन भोटिङ्गको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक छलफलको विषय भएको बताए ।
राष्ट्रिय समिति (एनसीसीहरुमा) मा समेत निर्वाचन गर्नु पर्ने अवस्थामा कोरोना भाइरस बिरुद्धको भ्याक्सिन नआए सम्म संघमा फेस टु फेस निर्वाचन हुन नसक्ने भन्दै अनलाइन भोटिङ्गलाई विश्वसनिय बनाउन आग्रह गरे ।

पूर्वअध्यक्ष घलेले ‘भिजन २०२०’ मार्फत संघभित्र एमआईएस सिस्टमको शुरुआत गरेका थिए । संघको नेतृत्वले अहिले ‘भिजन २०२०’ को अवधारण अनुरुप अनलाइन मतदान सहितको प्रस्तावअघि सारेको छ ।

संघभित्र अनलाइन मतदान मार्फत संस्थालाई पुर्नसंरचना गर्ने प्रस्ताव अघि सारे पछि घलेले संघको निर्वाचन अनलाइन मार्फत हुनु पर्ने धारणा सार्वजनिक गरेका हुन् ।

घलेले अघि सारेको ‘भिजन २०२०’ अवधारणाले संघलाई अझ वैज्ञानिकरण र प्रविधीमैत्रीमा जोड दिएको छ ।