October 25, 2020
2:32 AM | 8:17 AM

दिल्लीविरुद्ध मुम्बईको जीत

  12/10/2020 मा प्रकाशित

अबुधावी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन विजयी भयो । अबुधाबीमा सम्पन्न खेलमा दिल्लीलाई मुम्बाईले ५ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । दुवै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो ।

दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसैबीच आज साँझ रोयल च्यालेन्जर बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदै छ ।

प्रतिक्रिया