७ बैशाख २०८१, शुक्रबार
Follow Us

हिरासतमा रहेका जुवाडे छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिने पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७७, सोमबार ०४:२५

सिरहा । प्रहरी हिरासतमा रहेका जुवाडे छुटाउन भन्दै एक लाख रुपैयाँ रकम लिएको आरोपमा प्रहरीले सिरहामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका १५ सुखचैना घर भएका रामबाबु यादव रहेका छन् ।

असोज १८ गते सिरहाको मिर्चैयामा रहेको होलिडे होटलबाट पक्राउ परेका आठ जना जुबाडे छुटाउन भन्दै उनले सो रकम लिएको प्रहरीको दावी छ । उनले प्रहरीले पक्राउ गरेका मिर्चैयाँ नगरपालिका ८ मझौवाका २१ वर्षिय सियाराम महतोलाई छुटाउने भन्दै परिवारसँग चार लाख रुपैया ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने यादव कांग्रेस नेता समेत हुन् । उनीमाथि ठगीको मुद्दा अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाशंकर पंजियारले बताए ।