७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कानूनलाई विश्लेषणात्मक होइन, लेख्य आधारमै व्याख्या गरिनुपर्छ’

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७७, सोमबार ०४:२७

न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटले कानूनको व्याख्या जसरी लेखिएको छ त्यसरी नै हुनुपर्ने बताएकी छन् । कानूनलाई त्यसको विश्लेषणात्मक नभई लेख्य आधारमै व्याख्या गरिनुपर्ने उनको भनाइ छ ।

उनले सिनेटमा हुने सुनुवाईमा पनि सोही कुरा बताउने तयारी गरेकी हुन् । राष्ट्रपति ट्रम्पले मनोनित गरेकी कन्जरभेटिभ न्यायाधीश ब्यारेटको आगामी साता चार दिने सिनेटमा सुनुवाइ हुनेछ ।

राष्ट्रपति ट्रम्पसहित रिपब्लिकन सिनेटरहरुमा कोरोना भाइरसको संक्रमण देखिएकाले सिनेटमा हुने सुनुवाईको क्रममा अरुलाई पनि संक्रमण फैलिन सक्ने भन्दै डेमोक्रेटले पछि सार्न माग गरेका छन् ।

तर सिनेटका रिपब्लिकन नेताले सो कुरा अस्वीकार गरेका छन् । सिनेटले उनको नाम अनुमोदन गरेमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ लिने छिन् ।