७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमरको निर्देशनमा सार्वजनिक भयो बाउन्न पचपन्नको पहिलो भाग (भिडियोसहित)

sarusaru
२६ आश्विन २०७७, सोमबार ०७:१७

बाग्लुङ- बलेवाका युवाहरुले कमेडी सिरियल बाउन्न पचपन्न आइतबार बिहान सार्वजनिक गरेका छन् । अमर शर्मा तथा अमृत शर्माको निर्देशनमा सिरियलको पहिलोे भाग आर.एम.एस.युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त कमेडी सिरियलमा कलाकार अमर शर्मा,अमृत शर्मा, ओमकार सुवेदी , सहनशीला शर्मा ,प्रकाश पौडेल तथा बाल कलाकार समीर पौडेल,सन्तोष सुवेदी र रोशन पा््ैडेलको अभिनय देख्न सकिन्छ भने छायांकन तथा सम्पादन बिक्रम पौडेलले गरेका छन् ।
उक्त सिरियलको शीर्ष गीतको लेखन सरु पौडेलले गरेकी हुन् भने संगीत कस्तुप पन्त तथा स्वर पुरुषोत्तम पौडेलको रहेका छ । यस सिरियलको व्यवस्थापन भने राजेन्द्र मल्टी सर्भिस प्रा.लि.ले गरेको छ ।

हेर्नुहोस् उक्त भिडियो