१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने, खगोलशास्त्रमा दुर्लभ क्षण

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०४:३६

काठमाडौं । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएको हो । मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुने भएका हुन् ।

खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ । त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यस्तो क्षण नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १ सय ८० डिग्रीको कोणमा आउने छन् । नासाका अनुसार प्रत्येक २६ महिनामा मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाले जनाएको छ ।

यसअघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो । मंगलग्रहका बारेमा विभिन्न मुलुकले अध्ययन जारी राखेका छन् । अहिले मंगलमा अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सका तीनवटा मिशन सक्रिय छन् ।