१३ बैशाख २०८१, बिहीबार
Follow Us

लामो दुरीको यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाइने

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०४:४२

काठमाडौं । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो । बैठकले कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई पनि कायमै राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक यातायात र व्यवसाय सञ्चालनमा भने केही खुकुलो बनाएको छ । लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कोरोनाको संक्रमण बढ्दै गइरहेकाले दशैं तिहार जस्ता चाडपर्व यथास्थानमा मनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ ।