१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल फेस्टिभल मेलबर्न सम्पन्न

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार १२:४९

एनआरएनए अस्ट्रेलियाको यस बर्षको तेश्रो फेस्टिभलको रुपमा नेपाल फेस्टिभल मेलबर्न मेलबर्नको केन्द्रमा रहेको फेडेरेसन स्क्वायारमा १७ डिसेम्बर २०१६ क दिन संपन्न भएको छ । हजारौले नेपाली एबम बिदेशीले आबलोकन गरेको उक्त फेस्टिभलको उदघाटन नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाही, भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कट र एनआरएनए अध्यक्ष शेष घलेले संयुक्त रुपमा पानसमा बक्ति बालेर गर्नु भएको थियो ।

मेलबर्न स्टेट लाइब्रेरीबाट महोत्सबस्थल फेडेरेसन स्क्वायरसम्म संपन्न परेडबाट सुरुभएको नेपाल फेस्टिभलमा परम्परागत नेपाली भेष भुषा र रहन सहन झल्कने झाँकी सहित सगरमाथा, गौतम बुद्ध लगायतको चित्र सहितका ब्यानर लाखे नृत्य, कुमारीका साथै नेपाली पर्यटन प्रबर्द्धन हुने बिभिन्न झांकी तथा चित्रहरु समेटिएका थिए ।
कार्यक्रमको आकर्षण रुपमा नेपालको पर्यटन र बिबिधता झल्कने किसिमले तयार गरिएको नेपाल हाउसले सबै आगन्तुकको मन खिच्न सफल भएको थियो । फेस्टिभलको सुरुवात संगै औपचारिक कार्यक्रम अगाडी र पछाडी नै नेपाली कलासंस्कृती र परम्परा झल्कने किसिमका बिभिन्न सांगितिक कार्यक्रम, नाटक, फेशन शो आयोजना गरिएको थियो ।
फेस्टिभलको प्रमुख अतिथिको रुपमा नेपालबाट आउनु भएका नेपाल सरकारका पर्यटनमन्त्री जीवन बहादुर शाहीले सहभागीहरुलाई छोटो सम्बोधन गर्दै देश देखि टाढा रहेर पनि देश प्रति देखाउनु भएको माया को प्रसंशा गर्दै प्राकृतिक सुन्दरता भरिपूर्ण नेपालको भ्रमण गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रमका बिशेष अथिति भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रबिन स्कटले नेपाली कलासंस्कृती र नेपालीहरुले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमलाई अर्का बिशेष अतिथि एबम एनआरएनए अध्यक्ष शेष घलेले फेस्टिभललाई सम्बोधन गर्दै बहुसांस्कृतिक अस्ट्रेलियाको समुदायमा हाम्रा बिबिधताहरु एकै ठाउंमा देखाउन पाउनु सबैको लागि खुशीको कुरा भएको र यसले हामी नेपालीहरु सबैको बिबिध कला संस्कृतीलाई सधै जगेर्ना गर्न महत्व पूर्ण हुने बताउनु भयो । त्यसै गरि मल्टिकल्चर कमिसन हेलेन काफालोस, एनआरएनए उपाध्यक्ष भवन भट्ट, भिक्टोरियाका लागि महाबाणिज्य चन्द्र योन्जन, नेपालबाट आएका नेपाल बिधार्थी संघका अध्यक्ष नैन सिंह महर लागायतका अथितिहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा एनआरएनए भिक्टोरिया एबम कार्यक्रम संयोजक केशब कंडेलले सहभागी सबै लाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा भिक्टोरिया राज्यका संसद, केन्द्रिय सरकारका संसद, बिभिन्न काउनसिलका मेयर र काउन्सिलरहरु, एनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, केन्द्रिय प्रबक्ता रन्जु थापा, युबा संयोजक बिजय पोख्रेल, क्षेत्रीय संयोजक महेन्द्र लम्साल सहसंयोजक रमेश जोशी, आइसीसी सदस्यहरु, एनआरएनए अस्ट्रेलियाका सबै स्टेटलाई प्रतिनिधित्व गर्ने उपाध्यक्षहरु र अन्य पदाधिकारीहरुको उपस्थिति थियो भने नेपाल बाहेक २२ वटा बिभिन्न विदेशी देशहरुबाट प्रतिनिधीहरुले सहभागिता जनाएका थिए । फेस्टिभलको औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिब टोनु घोतानेले संचालन गरेका थिए भने उदघाटन अघिका र पछिका संस्कृतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु एनआरएनए भिक्टोरियाका सचिब माधब पौडेल, सदस्य दिपाश्री शाह, संचारकर्मी दिक्पाल पगेनी र सुदिप मास्के लगयातले संचालन गरेका थिए ।
अस्ट्रेलियाका स्थानीय कलाकारहरुका बिबिध प्रहसनले मनोरन्जन प्रदान गरिरहेको उक्त कार्यक्रमको औपचारिक कार्यक्रम समाप्ति संगै नेपालबाट आएका लोक गयक खुमन अधिकारी र रमिला न्यौपाने, त्यसै गरि नेपालको कन्दरा ब्याण्डले आफ्ना सदाबहार गीतहरुले दर्शक र श्रोताको मन मुटु जित्दै पुरै कार्यक्रम स्थललाई नै नेपालमय बनाउन सफल भएका थिए ।
रन्जु वाग्ले थापा