१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कर्णालीमा अविश्वास प्रस्ताव रोक्न प्रचण्ड-नेपाल पक्षबीच सहमति

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ०८:००

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले छलफललाई निरन्तरता दिएका छन् ।

नेकपाकै बहुमत सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेताहरुले आज पनि छलफललाई तिव्र बनाएका हुन् । हिजो सोमबार पनि छलफल चलेको थियो ।

अध्यक्ष प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट तथा वरिष्ठ नेता नेपाल पक्षबाट प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य निरज आचार्य र ध्रुब शाही छलफलमा छन् । मुख्यमन्त्री शाहीलाई हटाउने तयारीबाट नेपाल समूह पछि हटेको बताइए पनि छलफल जारी नै छ ।