१५ चैत्र २०८०, बिहीबार
Follow Us

बालुवाटारमा पत्रकारद्वारा थाल ठटाएर प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७७, मंगलवार ११:१४

काठमाडौं । विभिन्न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका छन् । मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरिएको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना महामारीका बीच श्रमजिवी पत्रकारहरु भोकभोकै मर्नुपर्ने अवस्था आएपनि राज्यले भने कुनै चासो नदिएको बताए । सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलव सुविधा नदिएको र जवरजस्ती कामबाट निकालेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।

उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म बानेश्वरमा ५ दिने रिले अनसन बसेका थिए । समितिले माग सुनुवाइ नभएको भन्दै अर्को चरणको आन्दोलन गर्ने चेतावनी दिए ।