१९ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा भएको कार दुर्घटनामा आमा सहित तीन वालबालिकाको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७७, मंगलवार २१:५२

लण्डन । वेलायतमा भएको एक भयानक दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

अक्सफोर्डशायरमा दुर्घटना हुँदा एक आमा र उनका तीन साना बच्चाहरूको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार अक्सफोर्ड र क्यासिंग्टन बीचको रहेको रेलवे ओभरब्रिज कार र लरी एक आपसमा ठोकिएका थिए ।

दुर्घटनामा आमाको घटनास्थलमा उनको आठ वर्षीया छोरी फोबेको साथ मृत्यु भएको थियो । छ वर्षीया शिमोन र अमेलिया, चार, जोन रेडक्लिफ अस्पतालमा ज्यान गएको थियो।

उनका श्रीमान जोश र एक महिनाको छोरो गम्भीर घाइते भएका छन् ।

लरीका चालक सामान्य चोटपटक लगेको थियो । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासदमा लिएको छ ।