११ बैशाख २०८१, मंगलवार
Follow Us

रोनाल्डोलाई संक्रमण

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार ०५:२०

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई कोरोना संक्रमणको कुनै लक्षण देखिएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा छन् ।

समाचारमा भनिएको छ, क्रिश्चियानो रोनाल्डोले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा पोजिटिभ आएको छ । स्पेन र फ्रान्सविरुद्ध राष्ट्रिय टोली पोर्चुगलबाट खेलेको भोलिपल्ट गरिएको परीक्षणमा रोनाल्डोलाई संक्रमण देखिएको हो ।

कोरोना पोजिटिभ देखिएलगत्तै उनले टिमबाट बाहिरिएको र आज बुधबार राति स्वीडेनसँगको खेल पनि छुटाउनु पर्ने भएको जनाइएको छ । ३५ वर्षीय स्टार खेलाडी रोनाल्डोले खेलका क्रममा टिमका साथीसँग फोटो खिचाएकाले अरुलाई पनि संक्रमण भयो कि भन्ने त्रास बढेको छ ।