७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार ०५:२१

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् ‘एचआरसी’ सदस्यमा पुनः निर्वाचित भएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो ।

नेपाल तीन वर्षे कार्यकाल सन् २०२१ देखि २०२३ सम्मका लागि पुनः नियुक्त संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जानकारी दिएको छ । गोप्य मतदानमा नेपालले १ सय ५० भोट पाएर एचआरसी सदस्य बनेको हो ।

नेपाल सन् २०१८ बाट नेपाल ‘एचआरसी’को सदस्य रहँदै आएको छ । गोप्य मतदान मार्फत् एसिया प्यासेफिम क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान सदस्यमा निर्वाचित भएका छन । एचआरसीमा १५ सदस्य हुने व्यवस्था छ ।