१५ चैत्र २०८०, बिहीबार
Follow Us

कोरला नाकाको निरीक्षण गर्न मुस्ताङ पुगे दुई मन्त्री

sarusaru
२८ आश्विन २०७७, बुधबार ०८:३२

बागलुङ– नेपाल सरकारका दुई मन्त्रीले कोरला नाका मुस्ताङको निरीक्षण गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट उपल्लो मुस्ताङको कोरला नाकाको स्थलगत निरीक्षणका गरेका हुन् । उनीहरु हेलिकोप्टर मार्फत नाकामा पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए । मन्त्री सँगै परराष्ट्र सचिव, उद्योग सचिव एवं जिल्लाका प्रदेश तथा संघीय सांसदहरुको उपस्थिति रहेको समेत सहायक प्रजिअ अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार मन्त्रीद्वय कोरोला नाका निरीक्षण गर्नुका साथै चीन नेपाल दुई देशीय ब्यापारिक नाकालाई कसरी प्रवर्धन र विकास गर्न सकिन्छ भन्ने वारेमा स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ आएको जानकारी दिए ।