१३ बैशाख २०८१, बिहीबार
Follow Us

मृत्यु प्रकरणको विरोधमा सर्लाहीको मलगंवामा विरोध प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार ११:४२

सर्लाही । महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाही सदरमुकाम मलगंवामा आज विरोध प्रदर्शन गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामलाई असोज २१ गते एक समुहले कुटपिट गरी घाइते बनाएको थियो ।

गम्भीर घाइते महेन्द्रको इन्डो अस्पताल बिरगंजमा उपचारका क्रममा मृत्यु भएको थियो । दोषीलाई कारवाही, मृतकलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति लगायतका माग गर्दै काग्रेसले विरोध प्रदर्शन गरेको हो । । मृतक महेन्द्रको शव ६ दिनदेखि नारायणी अस्पतालमै राखिएको छ । माग पूरा नभएसम्म शव नउठाउने अडान परिवार र आफन्तले राखेका छन् ।

बिरोधका क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप समेत भएको छ । परिस्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ ।