१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् पुनर्गठन, दुई नयाँ थपिए, दुईको जिम्मेवारी हेरफेर, ईश्वर पोखरेल जिम्मेवारविहीन

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७७, बुधबार १२:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् । पुनगर्ठित मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई जिम्मेवारविहिन बनाइएको छ । पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेर उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नुभएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले आजै अर्थ मन्त्रीमा विष्णु पौडेल (रुपन्देही), सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ (सिराह)लाई नियुक्त गर्नुभएको छ ।
हेर्नुस् सूचि