१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सूचना र प्रविधिमा नेपालले फड्को मार्न सक्छ: हेमराज ढकाल, आइएमई समूह

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७७, बिहीबार ०३:१७

लण्डन । सरकार र निजी क्षेत्रको समन्वयमा प्रविधि प्रयोगमा ध्यान दिइने भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले डिजिट ट्रान्जेक्सनमा ध्यान दिएको बताएका छन् ।
गैरआवासीय नेपाली संघको आयोजना तथा नेपाल सरकारको सहआयोजनामा भएको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा प्रविधिको प्रयोग सम्बन्धी छलफलका कार्यक्रममा डिजिटल प्रविधिमा जोड दिइने बताएका थिए ।
आईएमई ग्रुपका अध्यक्ष हेमराज ढकालले सन् २००० मा राष्ट्र बैंकले नीजी क्षेत्रलाई विश्वास गरेर निजी क्षेत्रलाई ट्रान्सफर गर्न सहज भएको बतउँनुभयो । समयमै रेगुलेसन गर्न सकेकाले रेमिट्यान्स प्रभावकारी बन्दै आएको उहाँको भनाइ छ । ‘धेरै जनसंख्या बैंक भन्दा टाढा छ । उहाँले भन्नुभयो,‘तर मोबाइल वालेट प्रयोग गर्नेहरु पनि बढेका छन् ।’
‘अब म्यानुअली हटाउँदै डिजिटलमा प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो । सर्टेन्ट पार्टमा डिजिटल माध्यमबाट भएपनि कुनै न कुनै माध्यमबाट जानुपर्ने र लाइन बस्नुपर्ने बाध्यता हट्न नसकेको उहाँले बताउनुभयो । डिजिटल ट्रान्सफरमा जान आवश्यक भइसकेको उहाँको भनाइ छ ।

नेपाल अहिले वर्कर रेमिट्यान्समा रहेपनि नलेज रेमिट्यान्समा प्रशस्त संभावना रहेको बताउनुभयो । फिनटेकलाई समयमै एडप्ट गर्न सक्के सर्भिस डेलीभरी फटाफट हुने, भ्रष्टाचार न्यूनिकरण हुने र आर्थिक कारोबार बढ्ने उहाँको भनाइ छ । ल्यान्ड लक कन्ट्री नभई क्यापिटल ग्लोबलरुपमै अघि बढ्न सक्ने हैसियतमा पुग्न सकिने उहाँ बताउनुहुन्छ । सूचना र प्रविधिमा नेपालले पनि फड्को मार्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । १० वर्षको ट्रान्सफर नभएको अब दुई वर्षमा सूचना प्रविधिमा फड्को मार्न सक्ने उहाँको भनाइ छ ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले राज्यले इन्टेक टेक्नोलोजी प्रयोग बढाउँदै लगेको बताउनुभयो । बजेट, मौद्रिक नीतिलगायतमा इन्टेक बढाउन योगदान गर्दै आएको उहाँको भनाइ छ ।
फिनटेकमार्फत युवालाई जोड्दै उत्पादनमा बढाउन ध्यान दिइएको उहाँले बताउनुभयो । स्टार्टअप फण्डको व्यवस्था सरकारले अघिदेखि गरेको र अहिले कार्यविधि बनाएर अघि बढाएको बताउनुभयो । ७ सय ३९ जनाले स्टार्ट अप सुरु गर्न आवेदन दिएको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र विविध कारणले अघि बढ्न नसकेको बताउनुभयो । नयाँ प्रविधि प्रयोगमा सरकारले प्राथमिकता दिएको बताउनुभयो । वित्तीय, बिमा र पुँजी बजारमा डिजिटल प्रयोगमा ध्यान दिइएको बताउनुभयो । डाटा, ट्रान्जेक्सन सुरक्षाका विषय भएपनि सबै व्यवस्थापन गर्दै जाने बताउनुभयो । सरकार इन्टेक प्रवद्र्धनमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
डिजिटल माध्यमबाट पेमेन्ट गर्नेलाई क्यास ब्याक अफर ल्याइएको बताउनुभयो । आइटी उद्योग, आयकर, सहुलियत कर्जा लगायतमा ध्यान दिइएको उहाँको भनाइ छ । ‘सबै आर्थिक क्षेत्रमा प्रविधिमा जान आतुर छौं,उहाँले भन्नुभयो,‘तर डाटा सुरक्षा कसरी गर्ने भन्ने विषय महत्वपूर्ण हो ।’

रेगुलेसन मेकानिजम्म बलियो बनाउन सके मात्रै धेरै विषयमा सही ढंगले अघि बढ्न सक्ने उहाँको भनाइ छ । डिजिटल टेक्नोलोजी आत्मसात गर्ने विषयमा सरकार पछि नहट्ने बताउनुभयो । इकमर्श कार्यान्वयन गर्न कार्यविधि तयार गरिएको र अन्तरआबद्धता गर्ने काम सुरु भएको बताउनुभयो । ग्लोबली इकोनोमीमा अघि बढेको उहाँको भनाइ छ । प्रविधिको माध्यमबाट बिजेनस बढाउन सकिने उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले कार्यपत्र प्रस्तुत गर्दै सस्तो र सुलभ सेवा सुविधा दिन सक्नुपर्ने बताउनुभयो । नयाँ नयाँ प्रविधिको ढोका खोल्दै जानुनपर्ने उहाँको भनाइ छ । गरिबी निवारणमा पनि सघाउ पुग्ने उहाँको भनाइ छ । इको सिष्टममा बैंक तथा वित्तीय संस्था मात्रै नभई भुक्तानी प्रदायकलगायत संस्थाहरु पनि समावेश हुन्छन् । ‘जोखिम न्यूनिकरण गर्न हामी सजग छौं’ उहाँले भन्नुभयो । डिजिटल पेमेन्टको विकल्प नभएको उहाँको भनाइ छ । ईकमर्सलाई पनि प्रवद्र्धन गर्दै आएको उहाँको भनाइ छ ।

सोसल रेमिट्यान्स वालेट टु वालेट गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । बैंकमा नआई गाउँघरमै घुम्ती सुविधामार्फत खाता खोल्ने व्यवस्था गरिएको बताउनुभयो । ‘डिजिटल पेमेन्टलाई प्राथमिकता दिइएको छ’ उहाँले भन्नुभयो । डिजिटल करेन्सीतर्फ पनि कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकमा छलफल सुरु भएको उहाँको भनाइ छ ।
‘हाम्रो मानसिकता नगद आफैसँग हुँदा बलियो हुने महसुस गर्ने प्रवृत्ति छ, रुपान्तरण गर्नुपर्ने छ’उहाँले भन्नुभयो । सहकारी क्षेत्रमा पनि डिजिटल भुक्तानीमा ल्याउनुपर्ने उहाँको भनाइ छ । अनौपचारिक क्षेत्रको कारोबारले पनि डिजिटल माध्यममा जान रोकिराखेको छ ।

अर्थविद् केशव आचार्यले डिजिटल पेमेन्ट इस्टुमेन्ट इसुमा खासै ध्यान नपुगेको बताउनुभयो । मौद्रिक नीतिले डिजिटल पेमेन्टमा प्राथमिकता दिएको उहाँको भनाइ छ । ईकर्मशलाई राज्यले अघि सारेको र धेरैलाई ईकमर्शमा जोड्न आवश्यक भएको उहाँको भनाई छ । कोभिड १९ पछि इलेक्ट्रोनिक पेमेन्ट बढेको उहाँले बताउनुभयो ।

वमन इन इन्फरमेसन टेक्नोलोजी(विल)का महासचिव दिव्यस्वरी डालीले महिला उद्यमीलाई सहुलियत दरमा कर्जा लिन पाइने व्यवस्था गरिएको छ तर आइसिटीमा त्यस्तो व्यवस्था छैन् । ‘प्रतिष्पर्धामा उत्रिन सक्नुपर्छ’ उहाँले भन्नुभयो,‘महिला भनेर मात्रै फिनटेकमा अघि बढ्न सकिने अवस्था छैन ।’ कोभिड १९ पछि धेरै मानिस जर्वस्जस्ती फिनटेकमा जोडिन पुगेको बताउनुभयो ।
नेपालमा टेक्नोलोजी पहिला र त्यसपछि मात्रै कानुन आउने गरेको उहाँको भनाइ छ । लोकराज शर्माले प्रविधिको प्रयोगले जीवनयापन सहज हुने बताउनुभयो ।
सिर्दाथ बैंकका चिफ टेक्निकल अधिकृत श्रृजन मल्लले बैंकिङ डोमेन्टबाट कारोबार बढ्दै गएको बताउनुभयो । डिजिटल फाइनान्सियल ट्रान्जेक्सन बढ्दै गएको उहाँको भनाइ छ । एटिएम, अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत डिजिटल कारोबार बढ्दै गएको उहाँले बताउनुभयो सुरक्षाका कारणले पनि डिजिटल ट्रान्जेसक्नमा डराइरहेको उहाँको अनुभव छ ।

‘फिनटेकको पूरानो सिष्टम प्रयोग गरेर अघि बढ्नुपर्छ । अहिले रेगुलरी टेक पनि प्रयोगमा आएको छ । त्यसलाई पनि अघि बढाउन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो । लगानीको रुपमा हेर्दा सूचना र प्रविधिमा बढी लगानी आउन सक्ने उहाँको भनाइ छ ।
वल्र्डट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेलले कर्मचारीतन्त्र पूरानै संरचनामा रहेकाले प्रविधिको विकास हुन नसकेको बताउनुभयो । फिनटेकमा नयाँ नयाँ प्रविधि आइसकेकाले नयाँ प्रविधि प्रयोगमा ध्यान दिन आवश्यक भएको उहाँको भनाइ छ । सूचना प्रविधिमा अवसर धेरै भएको उहाँले बताउनुभयो । क्रिमिनल ल बलियो बनाउनुपर्ने र मेन्टालटीमा चेन्ज ल्याउनुपर्ने उहाँको भनाइ छ । चेक बाउन्समा पनि कारवाही हुन नसकेको उहाँले बताउनुभयो ।
ट्रष्टबिज प्राइभेट लिमिटेडका अध्यक्ष दिवस न्यौपानेले चाइना, अष्ट्रेलियालगायत विभिन्न देशमा फिन टेक कम्पनीले फड्को मारेको तर नेपालमा अझै भर्खरै सुरुवातको चरणमा रहेको बताउनुभयो ।
अष्ट ज अभियान्ता जगन्नाथ काफ्लेले अत्याधुनिक प्रविधि प्रयोग गरी ईडाटा बैंक स्थापना गर्नुपर्ने बताउनुभयो । संग्रहित तथ्यांकको विद्युतीय प्रयोगबाट दिगो विकासमा रुपान्तरण हासिल गर्न सक्नुपर्ने उहाँको भनाई छ । ईडाटा बैंकले सबै क्षेत्रमा सुविधा दिने, बहुसंख्या प्रयोग, आइडी र पासपोर्टबाट सहजै गोपनियता हुने, सरकारी निकायसँग जोड्न र नियमन गर्न , स्थानीय स्तरमै केन्द्र र स्थानीयमा तथ्यांक जोड्न र प्रयोग गर्न सकिने भएकाले ईडाटा अपरिहार्य भइसकेको बताउनुभयो । ‘निजी व्यवसायिक निकायलाई कोड दिने र बार कोडमार्फत नियमन गर्न सकिन्छ’ उहाँले भन्नुभयो । व्यक्तिको विवरण कोडमा राख्ने, सफट्वेयरमा लगत राख्ने, युजर आइडी र पासवर्ड परिवर्तन गर्न मिल्ने र रेकर्ड रहने व्यवस्था हुनुपर्छ । व्यक्तिको प्रोफाइल राख्न र अद्यावधिक गर्न सकिन्छ,’उहाँले भन्नुभयो,‘पूर्ण पहुँच सरकारको रहन्छ,स्थानीय तह र प्रदेशको पनि रहन्छ ।’
अध्यागमन, सिमा प्रशासनमा पनि सहज हुने, व्यवसायिक निकाय, सामाजिक संस्थामा पनि सम्पूर्ण क्षेत्र पारदर्शी हुने उहाँले बताउनुभयो । ‘कसले कतिखेर कुन प्रयोजनमा प्रयोग गरेको भन्ने हेर्न सकिन्छ ।’ उहाँले भन्नुभयो । विद्युतीय सुसाशन कायम गर्न सकिने उहाँको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले ईकमर्शका लागि नयाँ ऐन बनाउन सकिने बताउनुभयो । ‘इकर्श बनाउन ऐन छैन, तर ईकमर्शलाई रोक्न कुनै वाधा पर्दैन ।’
अर्थविद् आचार्यले वाणिज्य मन्त्रालयले ईकमर्शको विधेयक बनाइरहेको बताउनुभयो । ‘इकमर्शका लागि छुट्टै ऐन आउने क्रममा छ’उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले ईकेवाईसी र नेशनल आइडी कार्डको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । सुरक्षित ढंगले फिनटेकमा विश्वास आवश्यक भएको उहाँको भनाइ छ ।
अर्थविद् आचार्यले विगत चारपाँच वर्षदेखि बजेटमा च्यालेन्ज फन्ड राखिएको तर मन्त्रालयबीच कुरा नमिलेर फ्रिज हुने गरेको छ । ‘त्यसलाई अर्थ, उद्योग र राष्ट्रिय योजना आयोग कसले प्रयोग गर्ने भन्ने अन्यौल छ’ उहाँले भन्नुभयो । इकमर्स, इपेमेन्टमा पर्याप्त काम हुन नसकेको उहाँको भनाइ छ ।

एकनाथ खतिवडाले इन्फोटेक नेपालका लागि नयाँ प्रयोग भएको बताउनुभयो । साना उद्योगलाई प्रविधिसँग जोड्न सक्नुपर्ने बताउनुभयो ।
एनआरएनए ओसिनाका क्षेत्रीय संयोजक होम पाण्डेले आइटी क्षेत्रमा काम गर्न सके देशले छिट्टै फड्को मार्ने बताउनुभयो । क्रिप्टोकरेन्सीलाई पनि आत्मसात गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।