१३ बैशाख २०८१, बिहीबार
Follow Us

फ्रान्ससँग क्रोसिया पराजित

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०४:४२

पेरिस । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत फ्रान्सले क्रोएसियालाई हराएको छ । क्रोएसिया २–१ गोल अन्तरले पराजित भयो । गएराति भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पले गोल गरेका थिए । ग्रिजम्यानले खेल सुरु भएको ८ औं मिनेट र एम्बाप्पले ७९ औं मिनेटमा गोल गरेका थिए । क्रोसियाका लागि निकोला भाल्सिकले ६४ औं मिनेटमा गोल गरेका थिए ।

फ्रान्सले सन् २०१८ को विश्वकपको फाइनलमा जस्तै क्रोएसियाविरुद्ध जित निकाल्न सफल भयो । खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

इन्जुरी समयमा क्रोएसियाले बराबरीको अवसर पाएको थियो । तर लेस्टरका पूर्व फरवार्ड लेडी क्रामरिकले बक्सभित्र प्राप्त बललाई सिधै गोलकिपर ह्युगो लोरिसको हातमा दिएका थिए ।

समूह ए थ्रीमा रहेको फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

यसैगरी गएराति नै सम्पन्न अन्य खेलमा इटाली र नेदरल्यान्डले एक एकको बराबरी खेल भने बोसिनिया हर्जगोविनाविरुद्ध पोल्यान्डले ३–० को जीत निकाल्यो । यस्तै ग्रिस र कोसोभोबीचको खेल गोलरहित बराबरीमा सकियो भने स्लाभाकियालाई इजरायलले ३–२ ले स्तब्ध बनाएको थियो । कार्जिकिस्तानविरुद्ध बेलारुस २–० ले विजयी भयो ।