११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०४:४६

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। एक्कासी रक्तचाप बढेपछि उनलाई बुधबार साँझ ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराएका छन् ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’