१५ चैत्र २०८०, बिहीबार
Follow Us

युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०४:५८

पेरिस । कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण युरोपमा नयाँ प्रतिबन्ध लगाउन सुरु गरिएको छ । संक्रमण बढि फैलिएका देशमा यात्रा तथा जमघटमा प्रतिबन्ध सहित निशेधाज्ञा लागू गरिएको हो ।

फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा आंशिक प्रतिबन्ध लगाएका हुन । फ्रान्सले राजधानी पेरिससहित नौ वटा शहरमा राति निशेधाज्ञा लगाएको छ । निशेधाज्ञा जारी गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरमा नै बस्न सर्वसाधारणलाई अपिल गरे ।

शनिबारदेखि लागू हुने निशेधाज्ञा कम्तीमा चार हप्ता जारी रहने उनले बताएका छन् । नेदरल्याड्समा पनि स्थानीय राति १० बजेपछि आंशिक बन्दाबन्दी लागू गरिएको छ । स्पेनको क्याटलोनियामा बार तथा रेस्टुरेन्ट १५ दिनसम्म बन्द गर्ने घोषणा गरिएको छ ।

चेक रिपब्लिकमा विद्यालय र बार पुनः बन्द गरिएको छ । जर्मनीमा संक्रमण फैलिएका र जोखिम उच्च रहेका क्षेत्रका बार तथा रेस्टुरेन्टहरु राति एघार बजेपछि बन्द गर्नुपर्ने नियम लागू गरिएको छ ।

दुई परिवारका १० भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु भएको छ । युरोप भर कोरोना संक्रमणको दरमा वृद्धि भएको छ । बेलायत, जर्मनीलगायत देशमा पनि नयाँ संक्रमित भेटिने क्रम बढेको छ ।