१५ चैत्र २०८०, बिहीबार
Follow Us

नवनियुक्त तीन मन्त्रीले गरे शपथ ग्रहण

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०८:१६

काठमाडौँ । बुधबार नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए । बुधबार नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।