१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौं नयाँ बजारमा ग्यासको सिलिन्डर बिस्फोट

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०८:१९

नयाँ बजारको फलफूल चोकस्थित एक घरमा खाना पकाउने ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन् ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार बिहान भएको सिलिण्डर विस्फोटमा पाँच जना घाइते भएका छन् । घरका सिसाहरु समेत फुटेका छन् ।

घाइतेहरुलाई उपचारको लागि मनमोहन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।ग्यास पड्किएर आगलागी भएको र आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ ।यद्यपी घटनाको थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।