१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट हुने मृत्युदर बढ्न सक्ने भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ०८:५८

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका प्रमुख बैज्ञाननिक सौम्या स्वामीनाथनले संक्रमणका गम्भिर बिरामीको संख्या बढ्दै जानु र आईसीयू भरिँदै जानुले चिन्ता बढेको बताएका हुन् ।

संक्रमणदर तीब्ररुपमा बढ्दै जादा मृत्युदरमा समेत वृद्धि हुनसक्ने उनको भनाइ छ । विश्वमा अप्रिल यता दैनिक मृत्युदर ५ हजार हाराहारीमा झरेपनि पछिल्लो समय संक्रमणका गम्भिर बिरामीको संख्या बढ्दै गएको डब्लुएचओले जनाएको छ । विश्वभर कोरोनावाट हालसम्म ३ करोड ८४ लाख २६ हजार बढी संक्रमित भएका छन् । १० लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ ।