१५ चैत्र २०८०, बिहीबार
Follow Us

३ हजार ७४९ नयाँ संक्रमित, ३ हजार ५६४ डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ११:३७

काठमाडौं । बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् । १६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै, देशभर अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । देशभर बिहीबार सक्रिय संक्रमितको संखया ३६ जार ५३३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ रहेको छ । होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । देशभर संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या बिहीबार ३ हजार ५६४ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संखया ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत रहेको छ ।

उपत्यकामा १९३५ जनामा संक्रमण
काठमाडौं उपत्यकामा बिहीबार १ हजार ९३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना संक्रमित थपिएका छन् ।

थप १९ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । बुधबार १२ जनाको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । बिहीबार ३ हजार ६४९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म १२ लाख ३७ हजार ६३७ जनाको पीसीआर परीक्षण भएको छ ।