४ बैशाख २०८१, मंगलवार
Follow Us

वडाध्यक्ष मडैको निधन

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०७७, बिहीबार ११:४१

बैतडी । सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उहाँको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पु-याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो ।”

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिनुभयो । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो“शव परिवारको जिम्मा लगाइसकिएकोे छ, परिववार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।” मडै तत्कालीन नेकपा९एमाले०बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

पाटन सिल
पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र समुदायस्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय भएको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालीम, गोष्ठी तथा सभासम्मेलनमा पनि रोक लगाइएको छ । यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ ।