१५ चैत्र २०८०, बिहीबार
Follow Us

फ्रान्समा बढ्दै संक्रमण, एकैदिन थपिए ३० हजार बढी संक्रमित

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार ०५:१२

पेरिस । फ्रान्समा हिजो बिहीबार एकै दिन ३० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि पछि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

बुधबार पनि फ्रान्समा २२ हजारमा संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठनले कडा प्रतिबन्धहरु नलगाउने हो भने फ्रान्समा जीवन रक्षा कठिन हुने चेतावनीसमेत दिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर आएको भन्दै युरोपेली मुलुकहरुलाई कडा निषेधाज्ञा आवश्यक रहेको बताइएको छ । शनिवारबाट लन्डनमा घरभित्र पनि जमघटहरु प्रतिबन्ध लगाइएको छ ।

फ्रान्ससँगै इटाली, पोल्यान्ड र जर्मनीमा पनि उच्च दरमा संक्रमितको संख्या पहिचान भएको छ । धेरै संख्यामा परीक्षण दायरा बढाउँदा एकाएक संक्रमितको संख्या बढेको छ ।

रसियामा एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । त्यहाँ २ सय ८६ जनाले एकै दिन ज्यान गुमाएका हुन् ।