१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार ०५:१४

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । भक्तपुरको कोरिया मैत्री अस्पतालमा भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै भक्तपुर अस्पतालमा उपचाररत काभ्रेको धुलिखेल नगरपालिका–९ का ४१ वर्षीय पुरुषको पनि ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६ सय ९८ पुगेको छ ।