१३ बैशाख २०८१, बिहीबार
Follow Us

यसवर्ष नेपाल प्रहरीका सई सर्वोत्कृष्ट अनुसन्धान अधिकृत घोषित

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार ०८:१६

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा सई सुवास कट्वाल घोषणा गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत कट्वाललाई प्रहरीले यस वर्ष उत्कृष्ट अनुसन्धान अधिकृतका रुमा पुरस्कृत गर्ने भएको हो । लामो सयमपछि नेपाल प्रहरीले सईलाई उत्कृष्ट अनुसन्धान अधिकृत घोषणा गरेको छ । ललितपुर प्रहरी परिसरमा बसेर उनले विभिन्न अपराधिक घट्नाहरुको सफल अनुसन्धान गरिएको बताइएको छ ।

यो वर्षको पूर्ण शान्ती पुरस्कार प्रहरी नायव निरीक्षक (सइ) कृष्णबहादुर चन्दले पाएका छन् । नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५ औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनौट गरिएको हो ।

त्यसैगरी, यो वर्षको लाइफटाइम अचिभमेन्ट पूर्व एसपी तुला बहादुर केसीले पाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लाइफ टाइमअचिभमेन्ट पुरस्कार प्रदान गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत भएका छन् ।