७ बैशाख २०८१, शुक्रबार
Follow Us

छिमेकमा नयाँ मानिस आएमा अनिवार्य सात दिन क्वारेन्टाइनमा राख्न आग्रह

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार १३:२२

काठमाडौं । सरकारले टोल, छिमेक वा गाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य सात दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यस्तो आग्रह गरको हुन । संक्रमण देखिएर आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्किदा जोखिम बढने भएकाले त्यस्ता व्यक्तिहरुका वारेमा प्रहरीलाई सुचना दिन समेत उनले आग्रह गरे ।

अहिले बजारमा सामान किन्नेहरुको भिडले चिन्तित बनाएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । छुटको नाममा मानिसको भिड बढाउने व्यापारी र यस्तो बेलामा सामान किन्न जाने मानिसहरु कोरोना फैलाउने कारण बनिरहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले सरकाराले रोगी, गर्भवती र ६० वर्षमाथिका मानिसहरुलाई घर बाहिर ननिस्किन अपिल गरेको छ । उपत्यका लगायत विभिन्न सहरहरुमा आइसोलेशन बेड र आईसीयू पाउन मुस्किल पर्न थालेकोले आफ्नो स्वास्थ्यमा ख्याल गर्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।