१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, ४३९२ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०७७, शुक्रबार १३:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५२२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

उपत्यकामा २ हजार ४ सय २ नयाँ संक्रमित थपिए
आज उपत्यकामा २ हजार ४ सय २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो ।