१२ बैशाख २०८१, बुधबार
Follow Us

३१६७ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७७, शनिबार ११:३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

उपत्यकामा १ हजार ७४६ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना रहेका छन् छन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।