१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्यासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७७, शनिबार १३:१०

अकल्यान्ड । ज्यासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन । ७७ प्रतिशत मत गणना सकिदा लेभर पार्टीले ४९ प्रतिशत र विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको त्यहाको निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक निर्वाचन परिणाम घोषणासँगै अहिले ग्रीस र राष्ट्रवादी न्युजिल्याण्ड फस्ट पार्टीसँग गठबन्धनमा रहेको लेबर पार्टीले एक्लै सरकार चलाउने भएको हो ।

सत्तारुढ दलले संसदका १ सय २० सिटमध्ये हालसम्म ६४ सिटमा विजय हासिल गरेको छ । सन १९९६ मा नयाँ राजनीतिक ब्यवस्था लागू भएयता न्युलिल्याण्डमा एउटै दलले सर्वाधिक सिटमा जित हासिल गरेको यो पहिलो पटक भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अन्तिम मत परिणाम घोषणा हुन भने केही दिन लाग्ने बताइएको छ । विदेशमा बस्नेहरुले गरेको मत गणना हुन नै बाँकी रहेको छ । प्रारम्भिक मत परिणाम घोषणापछि प्रधानमन्त्री आर्डेनले पार्टीलाई बहुमत दिएकोमा मतदातालाई धन्यवाद दिएकी छिन ।

मुख्य विपक्षी नेशनल पार्टीको नेता जुडिथ कोलिन्सले पराजय स्वीकार्नुका साथै लेबर पार्टीको उत्कृष्ट परिणामका लागि बधाइ दिएकी छिन । ज्यासिन्डा सन २०१७ मा प्रधानमन्त्री बनेकी थिइन । संसारकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेपछि उनको चर्चा संसारभर भएको थियो । कोरोना भाइरस महामारी बिरुद्ध उत्कृष्ट काम गरेकोमा आर्डेनको प्रशंषा हुँदै आएको छ । न्युजिल्यान्डमा हालसम्म दुई हजारभन्दा कममा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।