१३ बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रियामा नेपाली महिलाद्धारा आफ्नै दुई छोरी र एक छोराको हत्या

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७७, शनिबार १३:३७

भियाना । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छन् ।

अष्ट्रियाको क्रोने पत्रिकाका अनुसार ३१ वर्षिय एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेर पुलिसलाई खवर गरेको उल्लेख गरेको छ ।

मृतक तीन बच्चा मध्ये ८ महिना, नौं र तीन वर्षका थिए । प्रहरीले महिलाको परिचय खुलाएको भने छैन । मृत्यकमा दुई बालिका र एक बालक रहेका छन् । हत्या पछि ती महिलाले आत्महत्याको प्रयास गरेकी थिइन् ।

ती महिलाले शनिवार बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैले खवर गरेको पत्रिकाले लेखेको छ । महिलाले आफैले ती बच्चाहरुका हत्या गरेर विहना ५ बजे पछि प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी घटना स्थलमा पुग्दा ९ वर्षिय एक बालिका जिवित नै रहेको तर पछि अस्पतालमा लगे पछि निधन भएको बताएको छ ।

विगत एक वर्ष देखी भियानमा बस्दै आएकी ती महिना र उनको श्रीमानबीच विवाद भए पछि उनका श्रीमान परिवार छोडेर बाहिर बस्दै आएको पत्रिकाले उल्लेख गरेको छ ।

घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ । हत्याको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताए छ ।