१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कमल थापा आईसीयुमा भर्ना

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ०३:३०

काठमाडौं । कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काठमाडौं चाबहिलस्थित ओम अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’मा भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्व–उपप्रधानमन्त्री थापालाई आईसीयूमा भर्ना गरिएको हो ।

उनको उपचारमा डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ । थापाको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । थापालाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।