१५ चैत्र २०८०, बिहीबार
Follow Us

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ०३:४३

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । दुई बलिया टोलीबीचको भिडन्तमा सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले निर्णायक गोल गरे । गएरातिको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४–१ ले पाखा लगायो ।

यसैगरी तालिकाको शिर्ष स्थानमा रहेको एभर्टनले साविक विजेता लिभरपुललाई २–२ गोलको बराबरीमा रोक्दा चेल्सी पनि साउथह्याम्पटनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको एभर्टन शिर्ष स्थानमा छ । दोस्रो स्थानको लिरभपुलको १० अंक छ भने ३ खेलबाट ९ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ ।