१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरिया आएका ११ जनामा कोरोना, उपचार खर्च आफै व्यहोर्नु पर्ने

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७७, आईतवार ०४:२९

सोल । शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९केसीडीसी० ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।

कोरिया प्रवेश गर्नुअघि इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जना विद्यार्थीलाई कोरोनाको लक्षण देखिएको थियो । त्यसैका आधारमा सँगै आएका अन्यको पनि परीक्षण गर्दा संक्रमण देखिएको हो ।

नेपालबाट आउँदा कोरोना नलागेको रिपोर्ट भए पनि यति धेरै विद्यार्थीमा संक्रमण देखिएकाले आफूहरू छक्क परेको गोयाङ नगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ । आन्सानको अस्पतालमा संक्रमित बिरामीको उपचार भइरहेको छ । एक महिनाअघि दक्षिण कोरियाली सरकारले बाह्य मुलुकबाट संक्रमित भएर आए आफैंले अस्पताल खर्च बेहोर्नुपर्ने नियम बनाएको छ । नयाँ नियमअनुसार संक्रमित सबै नेपालीले महँगो अस्पताल खर्च बेहोनुपर्ने भएको छ ।

दक्षिण कोरियामा यसअघि ८ जना नेपाली कोरोना संक्रमित भएका थिए । यसमध्ये दुई जना रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया आएका हुन् भने अन्य विभिन्न भिसामा रहेका नेपाली छन् ।