१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१ सय जना जम्मा भएको विवाह समारोहमा लण्डन प्रहरीद्धारा छापा, १५ लाख जरिवाना दावी

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७७, आईतवार ०४:५७

लण्डन । पश्चिमी लन्डनस्थित एक रेष्टुरेन्टमा आयोजित विवाह समारोहमा प्रहरीले छापा मारेको छ । गत मंगलवार साउथलको ट्यूडर रोजमा आयोजित सो समारोहमा प्रहरी पुग्दा १ सय जना भन्दा बढी पाहुनाहरु जम्मा भएका थिए ।

उनीहरु माथि कोरोना भाइरस सम्बन्धी प्रतिबन्धको उल्लंघन गरेको अभियोग लागेको छ ।

प्रहरीले सो घटनामा संलग्न रेष्टुरेन्ट मालिकलाई १० हजार पाउण्ड सम्म जरिवाना लिन सक्ने बताएको छ ।

हाल सरकारले जारी गरेको निर्देशन अनुसार विवाह समारोहमा १५ जना मात्र सहभागी हुन सक्ने अनुमति दिइएको छ ।

महानगरीय पुलिसले स्वागत कक्षबाट विवाह समारोहको लागि आएका अतिथिहरुको सिसिटिभी क्यामेरा फुटेज नियन्त्रणमा लिएको छ ।

बेलायतमा कोरोना संक्रमणको दर उच्च भए पछि शनिबारदेखि टायर २ लकडाउन अन्तरर्गत नयाँ प्रतिबन्धहरु लगाइएका छन् । पारिवारिक भेटघाटमा समेत कडाई गरिएको छ ।