८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकामा पहिलो पटक एक महिलालाई मृत्युदण्ड दिइँदै

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार १०:१४

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छन् । डिसेम्बर ८ का दिन लिसा मन्टगमरीलाई इन्डियानामा प्राणघातक सुई लगाइ मृत्यु दण्ड दिइने भएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । मृत्युदण्डसम्बन्धी सूचना सङ्कलन गर्ने केन्द्र ‘डेथ पेनाल्टी इन्फर्मेशन सेन्टर’का अनुसार यसअघि संयुक्त राज्य अमेरिकाले बनी हेडीलाई मिसोरीमा सन् १९५३ मा मृत्युदण्ड दिएको थियो।

को हुन् लिसा मन्टगमरी ?
न्याय मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार डिसेम्बर २००४ मा मन्टगमरी कुकुरको बच्चा किन्ने भन्दै क्यान्ससदेखि मिसोरीस्थित बबी जो स्टिनेटको घर पुगेकी थिइन् । मन्टगमरीले आठ महिनाकी गर्भवती स्टिनेटको पेट चिरेर बच्चा अपहरण गरेकी थिइन् । त्यसपछि उनलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो ।