१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दसैं भत्ता नलिने सांसद डा. सूर्य पाठकको घोषणा

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७७, आईतवार १०:५०

काठमाण्डौं । बाग्लुङ्गबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य पाठकले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन् ।
सांसद पाठकले संघिय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत सो रकम फिर्ता लिन आग्रह गरेका हुन् ।

डा। पाठकले दसैं खर्च स्वरुप उनको खातामा रहेको ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् ।
उनले संसद सचिवालयले आफ्नो खातामा जम्मा गरेको रकम आगामी महिनाको पारिश्रमिकबाट कट्टा गरि सरकारी कोषमा दाखिला गर्न अनुरोध गरेका छन् ।

कोरोना महामारीकाबीच सरकारले दसैं खर्च सांसदहरुलाई वितरण गरे पछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । यसअघि नेकपा नेता भिम रावल लगायतले दसैं भत्ता नलिने घोषणा गरेका छन् ।