१२ बैशाख २०८१, बुधबार
Follow Us

कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ११:२०

कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ११ जना पक्राउ गरेको छ ।

गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ । तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।