६ बैशाख २०८१, बिहीबार
Follow Us

२९४२ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ११:२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३२६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

उपत्यकामा १,६३९ संक्रमित थपिए
आज आइतबार उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जना कोरोना संक्रमित थपिएका हुन् । शनिबार उपत्यकामा मात्र १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको थिए । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएका हुन् ।