१३ बैशाख २०८१, बिहीबार
Follow Us

बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०७७, आईतवार ११:२४

काठमाडौ । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ ।

दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भिड बढेको हो । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।